जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :
- जन्मको अनुसूची–२ (नियम ५ संग सम्बन्धित) बमोजिमको सूचना फाराम (भरेको हुनुपर्ने)
- आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि
- आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
- सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस
- आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि
- अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि
- वडाको किटानी सिफारिस
- दस्तुर गा.पा.को नियमानुसार